
तेह्रथुम । तेह्रथुमको प्रदेशसभा १ मा नेकपा (एमाले) का किशोरचन्द्र दुलाल विजयी हुनुभएको छ । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सन्तोष सुब्बालाई २ सय ९ मतले पछाडि पार्दै दुलाल विजयी हुनुभएको हो ।
दुलालले १० हजार ६३ मत ल्याएर विजयी हुनु भएको हो भने सुब्बाले ९ हजार ८ सय ५५ मत ल्याउनु भएको छ ।
दुई नगरपालिका र एक गाउँपालिका रहेको यस क्षेत्रमा गत २०७४ सालको प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका लछुमन तिवारीले जित्नु भएको थियो ।
३९ हजार १ सय २१ मतदाता रहेको यस क्षेत्रमा १८ हजार ७ सय १५ जनाले मतदान गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्