१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


गुल्मी–१ बाट कांग्रेसका चन्द्र भण्डारी विजयी, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली पराजित


1.105k
Shares

काठमाडौं । गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीलाई १ हजार ५ सय ९२ मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित हुनुभएको हो ।

भण्डारीले ३३ हजार ७ सय ४४ मत प्राप्त गर्नुभयो भने ज्ञवालीले ३२ हजार १ सय ५२ मत मात्र पाउनुभयो ।

यो क्षेत्रमा भण्डारी र ज्ञवाली आलोपालो गरी निर्वाचन जित्दै आउनु भएका छन् । २०७४ मा ज्ञवाली निर्वाचित हुनु भएको थियो ।