६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सत्यको जित, म माथि लागेकाे आरोप जन-अदालतबाट खारेज: गोकुल बास्कोटा


455
Shares

काभ्रे । काभ्रे क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटा फराकिलो मतान्तरले विजयी भएपछि सत्यको जित भएको बताउनुभएकाे छ ।

आज शुक्रबार प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि संचारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले आफूमाथि लागेकाे आरोप जनताकाे अदालतबाट खारेज भएकाे समेत बताउनुभएकाे छ । शुक्रबार बिहान नेपाली कांग्रेसका उम्मेदवार शिव हुमागाईलाई ५ हजार ८ सय ६३ मतले पराजित गर्दै बास्कोटा विजयी हुनुभएकाे हाे ।

एमालेका उम्मेदवार बास्कोटाले ४५ हजार ३ सय ४५ मत प्राप्त गर्नुभएकाे हाे । उहाँका निकटतम प्रतिद्वन्दी हुमागाईले ३९ हजार ४ सय ८२ मत प्राप्त गर्नुभएकाे छ ।