८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


चीनको एक आवासीय भवनमा आगलागी हुँदा १० जनाको मृत्यु


78
Shares

एजेन्सी । चीनको २१ तले आवासीय भवनमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ ।

घटनामा ९ जना घाइते भएका छन् । चीनको शिनजियाँग प्रान्तको उरुमकी शहरमा रहेको २१ तले भवनमा लागेको आगलागी नियन्त्रणमा आउँन ३ घण्टा लागेको थियो ।

सो भवनको एक अपार्टमेन्टमा बिजुली सर्ट हुँदा आगलागी भएको बताइएको छ । आगलागी भएपछी सो भवनमा रहेका मानिसबीच भागदौड मच्चिएको थियो ।

यसअघि गत सोमबार पनि चीनको एक ब्यापार कम्पनीका भएको आगलागीमा ३८ जनाको मृत्यु भएको थियो ।