१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, २ घाइते


104
Shares


तनहुँ । तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

साेही दुर्घटनामा दुई जना घाइते भएका हुन्। मृत्यु हुनेमा घिरिङ गाउँपालिका–१ पुटार बस्ने २२ वर्षीय सुनिल दरै रहेका छन्। आज शनिबार घिरिङ गाउँपालिका–१ जगौलिटार स्थित कच्ची सडक खण्डमा बनटारबाट पुटारतर्फ आउदै गरेको लु ३९ प ५०९७ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घाटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयाे ।

उहाँका अनुसार मोटरसाइकल सडकबाट ५० मिटर तल भीरमा खसेर दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक दरैको उपचारका क्रममा सेतीगंगा अस्पताल बेलचौतारामा मृत्यु भएको उहाँले बताउनुभयाेे। अन्य दुई जना खुमबहादुर राना र रामबहादुर कुमाल भने सामान्य घाइते भएकाे उहाँले बताउनुभएकाे छ।

मोटरसाइकलमा ३ जना सवार भएकाले पनि अनियन्त्रित भई दुर्घटना भएको उहाँले बताउनुभएकाे छ।