१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्लाही २ बाट महिन्द्र राय यादव निर्वाचित


819
Shares

सर्लाही । सर्लाही क्षेत्र नम्बर २ बाट नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादव निर्वाचित हुनुभएको छ ।

यादव सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुनुहुन्छ भने उहाँले नेकपा माओवादी केन्द्रको निर्वाचन चिह्नबाट निर्वाचन लडनु भएको हो ।

यादवले लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई पराजित गर्नुभएको छ ।

यादवले २३ हजार ५२९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी लोसपाका महतोले २१ ह्जार ५१८ मत प्राप्त गर्नुभएको छ ।