
काठमाडौं । रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी हुनुभएको छ । तामाङले नेकपा (एमाले) का उम्मेदवार कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ मतान्तरले पराजित गर्नुभएको हो ।
आइतबार बिहान सकिएको मतगणना परिणामअनुसार तामाङले ४७ हजार ९८ मत प्राप्त गर्नभएको छ भने एमालेका ढुंगेलले ३० हजार ७ सय २९ मत प्राप्त गर्नुभयो ।
परिणामको निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी नै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्