१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चलचित्र ‘डेसान’ को ट्रेलर सार्वजनिक


169
Shares

काठमाडौं । नेपाली चलचित्र ‘डेसान’ को ट्रेलर सार्वजनिक भएको छ ।

नवलपरासीमा छायांकन भएको चलचित्रमा अभिनेत्री नम्रता सापकोटासँगै भोलाराज सापकोटा, निशान चौहान लगायतका कलाकारको अभिनय रहेको छ । उक्त चलचित्रको ट्रेलरमा नारी संवेदना, पारिवारिक प्रेम, धोका, बिखण्ड र असमझदारीको कथा प्रस्तुत गरिएको छ ।

चलचित्र कोरोना महामारीको समयमा सुटिङ गरिएको थियो । चलचित्रमा गाउँ समाजमा भएका घटनाहरूलाई समावेश गरिएको छ । सामाजिक कथावस्तु बोकेको चलचित्र आगामी मंसिर २३ गते देखि प्रदर्शन हुनेछ ।

चलचित्रमा अभिनेत्री सापकोटा विवाहित महिलाको भुमिकामा छिन् । उनलाई स्वार्थी स्वभाव भएकी महिलाको भुमिकामा देख्न सकिन्छ ।

यस चलचित्रलाई कमल मगरले निर्देशन गरेका छन् ।