९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


थप ४ जनामा कोरोना संक्रमण


169
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ सय ४० जनाको नमूना परीक्षण गरिएको थियो ।

५ सय १२ जनाको पीसीआर र ४ सय २८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार ३८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।