१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


सिन्धुलीमा लाखाैं मूल्य पर्ने सालका काठहरू वनमै सड्दै


104
Shares

सिन्धुली । सिन्धुलीमा वन सम्बन्धी कानूनकाे अभावका कारण अमूल्य सालका काठहरु त्यतिकै सडेर गएकाे छन् ।

सिन्धुलीका चुरे भावर क्षेत्रका विभिन्न वन जंगल क्षेत्रमा बाढी-पहिरो र हावा हुरीले ढालेका कारण लाखौं क्युफिट अमूल्य सालका काठहरु सडेर गएका हुन् । चुरे भावर क्षेत्र लगायत मरिण र कमलाखोंच क्षेत्रका विभिन्न सामुदायिक वन क्षेत्रमा रहेका काठहरु समय मै डिभिजन वन कार्यालयहरुले बिक्री वितरण गरी सदुपयोग गर्न नसक्दा करोडौंको सरकारी सम्पतिकाे नोक्सान भएकाे छ ।

सम्बन्धित निकाय डिभिजन वन कार्यालय मरिण र सिन्धुली लगायतका सरकारी निकायहरुले ढालेका सालका रूखका लाखौं क्युफिट काठहरु बिक्री वितरण गरी रकम सरकारी राजस्व संकलन गर्न समय अनुकूल कानूनको अभाव रहेको देखिएको छ ।सिन्धुली लगायत नेपाली बजारमा सालकाे काठको माग अत्यधिक रहेको अवस्थामा मलेसियाबाट काठको आयात गरी मागलाई पूर्ति गरिएकाे छ ।

तर कानूनको अभाव र सरकारी ढिलासुस्तीका कारण सिन्धुलीको अमूल्य सालकाे काठ भने वन जंगलमै नासिएर गइरहेको सिन्धुलीका काठ व्यवसायी मोहन कडारियाले बताउनुभएकाे छ ।