१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


काठमाडौं महानगरले डोजर चलाएपछि सुकुम्बासी बस्ती तनावग्रस्त


1.079k
Shares

काठमाडौं । थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ ।

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन डोजर चलाउने क्रममा तनावग्रस्त बनेको हो ।

सुकुम्बासी बस्ती हटाउने क्रममा काठमाडौं महानगरको टोलीमाथि स्थानीयले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो ।विकल्पबिना वस्ती हटाउन लागेको भन्दै सुकुम्वासी वस्तीका स्थानीयले महानगरको टोलीमाथि ढुंगामुढा गरेका थिए । एकीकृत बागमती सभ्यता विकास समितिले यही मंसिर ४ गते सम्म बागमती किनारमा रहेका सुकुम्वासी बस्तीका अनधिकृत घर टहरा भत्काउँन समयसीमा दिएको थियो । निर्वाचन सकिए लगत्तै समिति र महानगरको टोली अनधिकृत संरचना भत्काउँन बस्तीमा पुगेको हो ।