२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सुनसरी- ४ मा तत्काल मतगणना सुचारु नगरे सडक संघर्ष गर्ने एमालेको चेतावनी


1.222k
Shares

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नं ४ को अवरुद्ध मत गणनाको विषयलाई लिएर एमालेले सडक संघर्ष थाल्ने चेतावनी दिएको छ ।

सुनसरी ४ बाट प्रतिनिधि सभा सदस्य एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले अवरुद्ध मत गणनाको विषयलाई लिएर सडक संघर्ष गर्ने चेतावनी दिनुभएको हो ।

कुसियतले मत गणनामा आलटाल भइरहेको र कानूनसंगत मत गणना गर्न आग्रह गर्नुभयो । उहाँले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानून विपरित विषय उठान गरी मत गणना अवरुद्ध पारेको आरोपसमेत लगाउनुभयो । उहाँले मत गणनामा ढिलाइ भए एमाले सडक संघर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिनुभयो ।

नेपाली कांग्रेसले सुनसरी ४ को प्रतिनिधिसभा तर्फको मत गणनामा धाँधलीको आरोप लगाएको छ । सो विषयलाई लिएर कांगेसले निर्वाचन अधिकृतको कार्यलयमा पुनः मत गणनाको मागसहितको उजुरी हालेको छ ।