२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जनकपुरमा विवाहपञ्चमी महोत्सव (तस्बिरहरु)


286
Shares

जनकपुर । जनकपुरधाममा सीता–राम विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज स्वयंवर कार्यक्रम सम्पन्न भएको छ ।

रंगभूमि मैदान (बाह्रविघा)मा स्वयंवर कार्यक्रम सम्पन्न भएको हो । विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट श्रद्धालुहरु जनकपुरधाम पुगेका छन् ।

स्वयंवर कार्यक्रममा सहभागि हुन हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको भीड लागेको छ । सोमबार राम मन्दिर र जानकी मन्दिरबाट डोला निकाली रंगभूमि मैदान बाह्रविघामा गएर स्वयंवर कार्यक्रम भएको छ ।

स्वयंवर कार्यक्रममा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्प वृष्टी गरिएको थियो । सीता–राम विवाह कार्यक्रम आज राति सम्पन्न हुने छ भने मंगलबार राम कलेबा गरि सप्ताह्ब्यापी महोत्सब सम्पन हुने छ ।

यता, विवाह पञ्चमीको भीडमा हुनसक्ने सम्भावित घटनालाई रोक्नका लागि जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ । भीडभाडमा हुनसक्ने आपराधिक घटनालाई रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई समेत खटाइएको छ ।