
बारा । सतारुढ गठबन्धनको टिकट वितरणदेखि नेता कार्यकर्तामा सुरु भएको असन्तुष्टिले बारामा एमाले प्रमुख दल बन्न सफल भएको छ ।
एमालेले सांगठनिक रुपमा आफूलाई प्रतिनिधि र प्रदेशसभाको १२ स्थानमध्ये ६ सिटमा जित हात पार्दै जिल्लामा प्रमुख दल बनेको हो ।
प्रतिनिधिसभाको चार निर्वाचन क्षेत्रमध्ये १ र ३ एमालेका अच्युत मैनाली र ज्वाला साह निर्वाचित भएका छन् भने २ मा जसपाका राम सहाय यादव र क्षेत्र नं. ४ मा एकीकृत समाजवादी कृष्णकुमार श्रेष्ठ (किसान) विजयी हुनुभएको छ ।
यसैगरी ८ प्रदेश सभा मध्ये ४ वटामा एमाले, २ वटामा जसपा, लोसपा र स्वतन्त्रमा १/१ उम्मेदवार विजयी भएका छन् ।
कतिपय निर्णयमा व्यक्ति हावी हुने प्रवृतिको एमालेभित्रै आलोचना हुने गरेपनि सतारुढ गठबन्धनको उम्मेदवार चयन प्रति मतदाताले रुचि नदेखाएपछि सांगठनिक रुपमा बलियो एमाले विकल्पको रोजाइमा चयन भएको हो ।
प्रतिक्रिया दिनुहोस्