८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


अर्घाखाँचीमा १९ जना उम्मेदवारको जमानत जफत


234
Shares

अर्घाखाँची । अर्घाखाँचीमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका १९ जनाको जमानत जफत भएको छ ।

जस अन्तर्गत प्रतिनिधि सभाका ९ र प्रदेश सभा (क) र (ख) का ५-५ जना गरी जम्मा १९ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सुरेश भण्डारीले जानकारी दिनुभएकाे हाे । जिल्लामा ६ जनाले मात्रै जमानत जोगाउन सफल भएका छन् ।

एक मात्र प्रतिनिधि र २ प्रदेश सभामा ३ पदमा चुनाव लडेका २५ जना मध्ये नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले मात्र आफ्नो जमानत सुरक्षित गर्न सकेका छन् । सदर मतको १० प्रतिशत ल्याउन नसके उम्मेदवारको जमानत जफत हुने कानूनी व्यवस्था रहेकाे छ । प्रतिनिधि सभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा कानून अनुसार धरौटी बापत १० हजार रुपैयाँ जम्मा गरेका हुन्छन् ।

अर्घाखाँचीमा १ लाख ६४ हजार ७ सय ६८ मतदाता रहेकाेमा ९० हजार ९ सय ८९ मत खसेको थियो ।