२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश


156
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश एक खेल अगावै वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

लगातार पाँच खेल जित्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।

पाँचौं जित निकाल्ने क्रममा सुदूरपश्चिमले मधेश प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।

मधेशले दिएको १२४ रनको सामान्य लक्ष्य सुदूरले १८.५ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । मधेशका अभिषेख तिवारीले २ विकेट लिए । त्यसअघि त्रिवि मैदानमा सुदूरविरुद्ध पहिला ब्याटिङ गरेको मधेश प्रदेश ३८.१ ओभरमा १२२ रनमा अलआउट भयो । उसका अलि अन्सारीले सर्वाधिक ३२ रन बनाए ।

सुदूरपश्चिम प्रदेशका नरेन साउदले ५, हेमन्त धामीले ३, युवराज खत्रीले २ विकेट लिए ।