
स्याङजा । निर्वाचन आयोगले स्याङजा क्षेत्र नम्बर –२ को मतगणना गर्न निर्देशन दिएपछि अहिले सर्वदलीय बैठक बोलाइएको छ ।
निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार निर्वाचन आयोगले तत्कालै मतगणना शुरु गर्नु भन्ने निर्देशन दिए पश्चात आजबाट नै मतगणना शुरु गर्ने तयारी छ । सर्वदलीय बैठक पश्चात तत्कालै मतगणना शुरु हुने र आफूहरु तयारी अवस्थामा रहेको निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो ।
लामो समयको अन्योलताकावीच बुधबार निर्वाचन आयोगले स्याङ्जा –२ र बाजुरामा पुनः मतदान नगर्ने र तत्कालै मतगणना शुरु गर्ने निर्णय गरेको थियो । मङ्सिर ४ गते सम्पन्न भएको मतदानको ११ दिन पछि मतगणना शुरु हुन लागेको हो ।चापाकोट नगरपालिका चार बुथमा धाँधली भएको उजुरी परेपछि मतगणना हुन सकेको थिएन । नेकपा एमालेले ती बुथमा पुनः मतदानको माग गर्दै आएको थियो भने काँग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको थियो । दुवै दलले सडकमा धर्ना समेत दिदै आएका थिए ।
आयोगको बुधबार बसेको बैठकले बाजुरा र स्याङजा क्षेत्र नम्बर २ को मतगणना गर्न निर्देशन दिएको हो । उता दोलखामा बुथ क्याप्चरको उजुरी परेपछि दोलखाका केही मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय आयोगले यस अघि नै गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्