
काठमाडौं । स्याङ्जा- २ मा बुधबार राति ९ बजेदेखि मतगणना हुने भएको छ ।
निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि जिल्लामा बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।
नेकपा एमालेले विभिन्न केन्द्रमा बुथ कब्जा भएको भन्दै पुनः मतदान माग गरेको थियो । कांग्रेसले भने मतगणना गर्नुपर्ने माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएको थियो ।
यो क्षेत्रमा नेकपा एमालेबाट पद्मा अर्याल, नेपाली कांग्रेसबाट धनराज गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङलगायत उम्मेदवार रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्