
स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले अग्रता लिनु भएको छ ।
पछिल्लो मतपरिणाम अनुसार गुरूङले नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्याललाई ६ सय ५४ मतान्तरले पछि पार्नु भएको हो ।
८ हजार ४ सय ६५ मतगणना गर्दा कांग्रेसका गुरूङ तीन हजार ९०१ मत ल्याई अग्रस्थानमा हुनुहुन्छ । उहाँको निकटतम् प्रतिस्पर्धी एमालेकी अर्यालले तीन हजार २ सय ४७ मत पाई दोस्रो स्थानमा हुनुहुन्छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरूङले ७ सय ६१ मत ल्याउनु भएको छ ।
मतदान भएको १० दिनपछि निर्वाचन आयोगको निर्देशनपछि बुधबार रातिबाट मतगणना सुरू गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्