८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कमलाखोचका दनुवारको विगत र वर्तमान


39
Shares

सिन्धुली । सिन्धुली जिल्लाको दुधौली नगरपालिका र कमलामाई नगरपालिका स्थित कमलानदीको आसपास कमलाखोचमा बस्ने दनुवार जाती आदीवासी हुन् ।

कमलाखोचका विभिन्नगाउँ वस्तीहरुमा छरिएर रहेका यी दनुवार जातीको आफ्नै संस्कृति रितिरिवाज र परम्परा रहिआएको छ। यस क्षेत्रमा बसोबास गर्ने अधिकारी दनुवारजातीका आफ्नै छुट्टै मौलिक सांस्कृतिक पहिचान छ ।

दनुवारजातिको आफ्नै भाषा रहेको छ । दनुवारी भाषा भारोपेली परिवार अन्तर्गतको मागधी परिवारमा पर्दछ । माझी र दनुवारहरूको मूल उत्पत्ति एउटै भएता पनि भौगोलिक बासस्थानका कारणले उनीहरूको भाषा, पर्व, रहनसहन, संस्कार, खानपान, मौलिक संस्कृतिमा भिन्नता रहेको छ ।

यस जिल्लाका दनुवार जाती अधिकारी, कुमर जस्ता विभिन्न थर-उपथरहरूमा विभाजित भए पनि सबै प्रकृतिपूजककै रूपमा चिनिन्छन् र सबैका कुल, देवताहरू एकै प्रकारका देखिन्छन् । दनुवारहरूले मृतक शरीरलाई गाड्ने र जलाउने दुवै किसिमको मृत्यु संस्कार गर्दछन् भने विवाह संस्कारअन्तर्गत मागीविवाह र प्रेम विवाह जस्ता विवाह हाल प्रचलनमा पाइन्छ ।

कमलाखोचका अधिकारी दनुवारका प्रमुख चाडपर्वहरूमा वडकी एकादशी अर्थात ठुलो एकादशी भएकाले व्रतबसी प्राकृतिक पूजाआराधना गर्ने प्रचलन छ । यिनीहरूको मुख्य पेसा कृषि तथा पशुपालन हो भने सहायक पेसाहरूमा माछा मार्ने, घरेलु हस्तकला, बुनाइ, रहेका छन् ।

पछिल्लो समयमा अधिकारी दनुवारहरु निजामती, प्रहरी, सेना राजनीतिक क्षेत्र लगायत शिक्षा तथा स्वास्थ्य जस्ता क्षेत्रहरूमा दनुवारको पहुचभएको देखिन्छ । यस जिल्लामा ५० हजारको संख्यामा दनुवार जातीहरुको बसोवास रही आएको एक तथ्यांकले देखाएको छ ।