४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


मंसिर २२ गतेदेखि विद्युतीय सामाग्री प्रदर्शनी हुँदै


325
Shares

काठमाडौं । विद्युत तथा विद्युतीय सामाग्रीको व्यवसाय प्रवद्र्धनका लागि गरिंदै आएको विद्युतीय प्रदर्शनको दशौं संस्करण आगामी २२ गतेदेखि काठमाडौंमा सुरु हुँदै छ ।

आयोजक नेपाल विद्युतीय व्यवसायी महासंघले बिहीबार पत्रकार सम्मेलन गरी फिन इलेक्ट्रोटेक २०२२ बारे विस्तृत जानकारी गराएको हो ।

प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा मंसिर २२ देखि २५ गतेसम्म सञ्चालन हुने छ । विद्युत उपभोग बढाई देशलाई आर्थिक रुपमा सवलिकरण गर्दै लान समेत सहयोग पुर्‍याउने उद्देश्यका साथ यस वर्ष “नेपालको समृद्धि उर्जा खपत अभिवृद्धि” को नारासहित प्रदर्शनी गर्न लागिएको जनाइएको छ ।

इलेक्ट्रो टेक २०२२ मा स्वदेशी तथा विदेशी विद्युतीय सामग्रीका ७५ वटा पभिलियन तथा स्टक रहने जनाइएको छ ।

प्रदर्शनीको ६० हजार बढीले अबलोकन गर्ने आयोजकको अपेक्षा छ ।