
काठमाडौं । रौतहटमा स्रोत नखुलेको ११ लाखसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहटको गौर नगरपालिका ५ स्थित बरहवा पुल ईलाकाबाट बुधबार सशस्त्र प्रहरीले ११ लाख ३९ हजार ८ सय नेपाली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा रौतहट गढीमाई नगरपालिका ४ संग्रामपुर बस्ने २९ वर्षिय राजु कुमार यादव र सोही नगरपालिका ९ बरियारपुर बस्ने ३३ वर्षिय राजेश प्रसाद यादव रहेका छन् ।
प्रहरीले प्रदेश ३–०२–०१३ प ४९५६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुको साथमा रकम फेला पारेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्