
धनकुटा । परम्परा मात्रै धान्ने निर्वाहमुखी खेतीलाई व्यावसायी बनाउनका लागि किवी खेतीतर्फ लागेका धनकुटाका किसान किवीले राम्रो मूल्य नपाउँदा निराश बनेका छन् ।
कम प्रतिफल दिने परम्परागत खेती प्रणालीमा परिमार्जन गरी प्रविधियुक्त र व्यवसायिक उत्पादनलाई जोड दिने भन्दै किवी खेतीतर्फ लागेका किसानलाई वर्षेनी किवी फलको मूल्य घट्दै जाँदा समस्यामा परेको बताएका हुन् ।
केही वर्ष अघि सम्म १ हजार रूपैयाँमा बिक्री हुने किवी अहिले प्रतिकिलो १ सय रुपैयाँमा झरेको किसानहरूले बताएका छन् । उत्पादनको बेला मूल्य नपाउने र किसानले बिक्री गरिसकेपछि बजार भाउ महँगो हुने हुँदा शित भण्डारणको व्यवस्था गर्नका लागि किसानले माग समेत गरेका छन् ।
अहिले किवी बजारमा आउने मुख्य सिजन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्