१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बलियो र स्थिर सरकार आवश्यक : निजी क्षेत्र


78
Shares

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएसँगै अब मुलुकको नेतृत्व कसले गर्छ भन्ने सबैको चासोको विषय बनेको छ । हालसम्मको चुनावी परिणामले स्थायी र बलियो सरकार बन्ने संकेत देखिँदैन । यही कारण समस्याग्रस्त अवस्थामा रहेको देशको अर्थतन्त्र सुधार चुनौतिपूर्ण हुने देखिएको छ ।

नयाँ सरकार बनाउँदा दुई वा दुईभन्दा बढी पार्टीहरु मिलेर सरकार बनाउनुपर्ने अवस्था सिर्जना भएको छ । अब बन्ने सरकारलाई धेरै चुनौती रहेको छ । पछिल्लो समय मुलुकको अर्थतन्त्र संकटमा रहेको छ । अर्थतन्त्रमा ७० प्रतिशत योगदान रहने निजी क्षेत्रसँग सहकार्य गर्ने नेतृत्व आउँछ की आउँदैन भन्ने चासो निजी क्षेत्रलाई छ । मुलुकमा अब राजनीतिक एजेण्डालाई छोडेर आर्थिक समृद्धिको एजेण्डा साकार पार्ने नेतृत्व सरकारमा आउनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा बताउनुहुन्छ ।

यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल चुनावको परिणामले एउटा पार्टीको सरकार बन्न सक्ने अवस्था नदेखिएकाले मिलिजुली सरकार भएपनि आर्थिक स्थायित्व दिनसक्ने नेतृत्वको सरकार बन्नुपर्ने बताउनुभयो । राजनीतिक पार्टीका फरकफरक धारणा भएपनि आर्थिक एजेण्डामा सबै दलको एकै धारणा हुुनुपर्नेमा उहाँको जोड छ ।

यस्तै, गोल्यान गु्रपका अध्यक्ष पवन गोल्यान दिगो आर्थिक विकास गरी देश र जनताको लागि काम गर्ने सरकार आउन आवश्यक रहेको बताउनुहुन्छ ।

आफू र आफ्नो पार्टीको लागि मात्र नसोची देशको लागि सोच्ने नेतृत्वले मात्रै अर्थतन्त्रमा परिर्वतन ल्याउने सक्ने निजी क्षेत्रको भनाइ छ ।