
स्याङ्जा । स्याङ्जा-२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै छ ।
गुरुङले १७ हजार २२१ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले १५ हजार ९०८ मत प्राप्त गर्नुभएको छ ।
उहाँ दुईबीच १ हजार ३१३को मतान्तर रहेको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ६ हजार ३३७ मत प्राप्त गर्नुभएको छ ।
स्याङ्जा-२ मा ७० हजार १९१ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्