१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरूङको अग्रता कायमै


8.45k
Shares

स्याङ्जा । स्याङ्जा–२ मा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार उहाँ २ हजार ११७ मतले अगाडि रहनु भएको हो ।

गुरुङले २४ हजार २२७ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेकी पद्माकुमारी अर्यालले २२ हजार ११० मत प्राप्त गर्नुभएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ६०२ मत प्राप्त गर्नुभएको छ ।

स्याङ्जा–२ मा ७० हजार १९१ मत खसेको थियो । अब ११ हजार ४४५ मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी, स्याङ्जा–२ को प्रदेश सभा २ मा नेकपा एमालेका बुद्धिमान श्रेष्ठले अग्रता कायम गर्नु भएको छ ।

उहाँले १२ हजार २४२ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका महेश भट्टराईले १२ हजार २०१ मत प्राप्त गर्नुभएको छ । उहाँहरूबीच ४१ को मतान्तर रहेको छ ।