७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई मृत फेला


442
Shares

सर्लाही । मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराईको आज शनिबार निधन भएको छ ।

नेपाल पत्रकार महासंघ सर्लाही शाखाले शनिबार आयोजना गरेको ११ औं साधारण सभामा सहभागी हुन भट्टराई शुक्रबार लालबन्दी पुग्नु भएकाे थियाे । तर भट्टराई लालबन्दीस्थित एक होटेलमा मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ ।

लालबन्दी-१३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा शुक्रबार रातिको खाना खाएर कोठामा पुग्नुभएका भट्टराई शनिबार बिहान ओछ्यानमा मृत अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।

मृतक भट्टराई केही समय पहिला ईमेज टेलिभिजनमा समेत कार्यरत हुनुहुन्थ्याे । घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।