
सिन्धुली । सिन्धुलीको वीपी राजमार्गमा चल्ने निजी तथा सार्वजनिक यातायातका साधनहरुलाई आवागमनमा सुविधा पुर्याउने उदेश्यले सडक आसफाल्ट कालोपत्र गर्न थालिएको छ ।
महोत्तरीको बर्दिबासबाट सिन्धुलीमाडीसम्मको कुल दूरी ३७ किलोमिटर मध्धे, पुलपुलेसा बाहेक २९ किलो मिटर क्षेत्रमा चौडाई ६ मिटरमा कालोपत्र गर्न थालिएको हो । काठमाडाैंबाट पूर्वी तराईका जिल्लाहरुसँग छोटो दूरीमै जोड्ने वीपी राजमार्गमा अत्यधिक सवारी चापका कारण सडकमा खाल्डा खुल्डीहरु भएका कारण यसअघि सवारीका साधनहरु संचालनमा कठिनाई भएकाे थियाे ।

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाबाट करिब २५ करोडको लागतमा सामा कन्ट्रक्सनले सिन्धुली–सडक खण्डमाकाे कालोपत्र गर्ने काम गरेको हो । सडक आसफाल्ट कालोपत्र गर्ने कार्य तीब्र गतिमा संचालन गरिएपछि यहि मंसिर महिनाभित्र कालोपत्र र सडकमा रङ लगाउने लगायतका सबै कार्य सम्पन्न हुने सडक आयोजनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्