
एजेन्सी । भारतीय अभिनेता सलमान खानले आफ्नो आगामी फिल्म ‘किसी का भाइ किसकी जान’ को छायांकन पूरा गरेका छन् ।
उनले फिल्मको सेटबाट तस्बिर राखेर यसबारे जानकारी दिएका हुन् । सलमानले तस्बिरको क्याप्सन लेखेर फिल्मको छायांकन सकिएको बताएका छन् । सलमानको यो फिल्म २०२३ को ईदमा रिलिज हुनेछ ।
सलमानले पोस्ट गरेको फोटोमा उनी एकदमै फरक लुकमा देखिएका छन् । यो तस्बिरमा सलमान कालो टि सर्ट, कालो प्यान्ट र कालो ज्याकेटमा देखिएका छन् ।
यसबाहेक उनले कालो रङको चस्मा पनि लगाएका छन् । सलमान लामो कपालमा देखिएका छन् ।
फरहाद सामजीले ‘किसी की भाइ किसकी जान’ निर्देशन गरेका हुन् । फिल्ममा सलमानका अलावा वेंकटेश दग्गुबाती, पूजा हेगडे, पलक तिवारी, राघव जुयाल र शहनाज गिलको पनि मुख्य भूमिका रहनेछ ।
यो फिल्म सलमान खानको प्रोडक्सन कम्पनी सलमान खान फिल्म्सको ब्यानरमा बनेको हो ।
प्रतिक्रिया दिनुहोस्