१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित


390
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गतको त्रिदेशीय सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा हार व्यहोरेको छ ।

नामिबियाको युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा आइतबार भएको खेलमा स्कटल्याण्डले नेपाललाई ३ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १ सय ३८ रनको लक्ष्य स्कटल्याण्डले ३२ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा ग¥यो । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४० ओभर १ बलमा अलआउट हुँदै १ सय ३७ बनाएको थियो ।

यो जितसँगै स्कटल्याण्ड ३० खेलबाट ४४ अंकका साथ पहिलो स्थानमा उक्लिएको छ । नेपाल भने २२ खेलबाट १८ अंक सहित छैठौं स्थानमा छ । नेपालले आफ्नो तेस्रो खेलमा बुधबार नामिबियाको सामना गर्नेछ । सिरिजमा नेपाल, नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ ।