१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


सिन्धुलीमा ५ किलो गाँजा बरामद


130
Shares

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको क्यानेश्वरबाट प्रहरीले तयारी अवस्थाको ५ किलो गाँजा बरामद गरेको छ ।

हरिहरपुरगढी गाउँपालिका पथराहीमा प्रहरीले पाँच किलो अवैध गाँजासहित दुई वटा मोटरसाइकल बरामद गरेको हो ।

प्रहरीलाई देख्नासाथ सिन्धुलीबाट मकवानपुरतर्फ जाँदै गरेको ना २३ प ८७८३ र प्र.३–०१७ प ७५६१ नम्बरको मोटरसाइकलमा सवार चार जना मोटरसाइकल छाडेर भागेका थिए ।

त्यसरी छाडिएका मोटरसाइकलहरु चेकजाँच गर्ने क्रममा तयारी अवस्थाको सो परिणामको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

फरार भएका चारै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।