
काठमाडौं । कोका-कोला फाउण्डेसनको सहयोगमा क्रिएसनले शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरेको छ ।
कोका-कोलाको आर्थिक सहयोगमा शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथारासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा सफलतापूर्वक अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तर गरिएको हो ।
मंगलबार अस्पतालमा आयोजित कार्यक्रममा प्लान्ट हस्तान्तर गरिएको हो ।
स्थास्थ्य सचिव देवकुमारी गुरागाईं, शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्ले, मनमोहन अस्पतालका निर्देशक उत्तमकृष्ण श्रेष्ठले प्लान्ट स्थापनाका लागि क्रिएसन र कोका कोला फाउण्डेसनलाई धन्यवाद व्यक्त गर्नुभयो ।
यस प्लान्टबाट एक पटकमा ५० जनासम्म विरामीलाई सेवा दिन सकिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्