
गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात पुससम्म प्रतिबन्ध फुकुवा
काठमाडौं । सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ ।
पुसदेखि लागू हुनेगरि ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय आजको मन्त्रिपरिषद्ले गरेको हो ।
यसअघि आयातमा प्रतिबन्ध लगाइएका यी ४ प्रकारका वस्तुको आयात खुलाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको सरकारका एक मन्त्रीले जानकारी दिनुभयो ।
विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले वैशाख मध्यदेखि १० प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाई बाँकि ४ प्रकारका बस्तुहरु सबै प्रकारका निजी चार पांग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३ सय डलरमाथिका मोबाइल फोन आयात प्रतिबन्ध लगाएको थियो ।
प्रतिक्रिया दिनुहोस्