८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


सिन्धुलीगढी दरबार पुरानै शैलीमा बन्यो


182
Shares

सिन्धुली । सिन्धुलीगढी दरबार पुरानै ढाँचा र शैलीमा निर्माण भइरहेकोे छ ।

सिन्धुलीगढी परिसरमा रहेको गढी दरबारको पुनर्निर्माण भएसँगै सिन्धुलीगढीमा विगतको तुलनामा पर्यटकहरुको घुइँचो लाग्न थालेको हाे । सिन्धुलीगढी दरबार भनेर चिनिने यो दरवार तत्कालीन अवस्थामा सिन्धुली र रामेछाप लगायतका विभिन्न जिल्लाहरु अर्थात पूर्व २ नम्बरको प्रशासन सञ्चालन गर्ने अड्डाका रूपमा रहेको थियो । सन् २०२० सालमा सिन्धुलीगढीबाट सबै प्रशासनिक कार्यहरु सदरमुकाम सिन्धुलीमाढी सारिएपछि याे दबार संरक्षणबिहीन भई भग्नावशेषमा परिणत भएको थियो ।

निकै लामो समयसम्म संरक्षणको अभावमा दरबार र सो क्षेत्रमा रहेका गढी किल्लाका भौतिक संरचना नष्ट हुँदै गएपछि गत वर्षदेखि बागमती प्रदेश सरकारको सहयोगमा साेही दरबारको पुनःर्निर्माण सुरु गरिएको हो । करिब ४ करोड ३८ लाख ९९ हजार ५ सय २२ रुपैयँको लागतमा गढी दरबार पुनर्निर्माण गरिएसँगै दरबारको स्वरूप र ढाँचा पुरानै शैलीमा देखिएको छ ।

तत्कालिन अवस्थामा रानी दरबार तत्कालीन श्री ३ जंगबहादुर राणाका भाइ बमबहादुर राणाका छोरा बमवीर विक्रम राणाले निर्माण गरिएपछि पूर्व २ नम्बरको प्रशासन संचालन गर्ने बडाहाकिम र गोरखाली फौज बस्नका लागि सुविधा भएको थियो ।सन् १८२४ असोज १५ गते सिन्धुलीगढीमा भएको युद्धमा गोर्खाली फौजले ब्रिटिस अंग्रेज फौजलाई परास्त गरेको इतिहास समेत रहेकाे छ ।