२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सिन्धुलीमा बहुला कुकुरको आतंक, दजर्नाैं मानिस घाइते


182
Shares

सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीको धुरा बजारमा बहुला कुकुरहरूले आतंक मच्चाएका छन् ।

बहुला कुकुरले टाेकेर धुरा बजारमा दर्जनौं मानिस घाइते भएका हुन् । सदरमुकाम सिन्धुलीमाडीमा अवस्थित कमलामाई नगरपालिका–६ धुरा बजार र आसपासका क्षेत्रमा मंगलबार बिहानदेखि बहुला कुकुरले सडकमा हिडिरहेका मानिसहरुलाई टोक्दा दर्जनौं घाइते भएका हुन् । कालो रंगको बहुलाएको कुकुरले सडकमा हिड्ने अधिकांश मानिसलाई टोकेको प्रत्यक्षदर्शी र प्रहरीले बताएका छन् ।

बहुलान कुकुरले टोकेपछि लगाउने भ्याक्सिन सिन्धुली अस्पतालमा नभएकाले धेरै जसो बिरामी उपचारका लागि काठमाडौंमा गएका छन् । कुकुरले टोकेर गम्भीर घाइते भएकाहरुलाई काठमाडौंकाे टेकु अस्पतालमा रिफर गरिएको सिन्धुली अस्पतालका अध्यक्ष प्रल्हाद पोखरेलले जानकारी दिनुभयाे । २० जना घाइते सिन्धुली अस्पतालमा भ्याक्सिन लगाउन गएका मध्धे गम्भीर घाइते भएका ५ जनालाई टेकु अस्पतालमा रिफर गरिएको उहाँले बताउनुभयाे ।

सोही घटनापछि सिन्धुलीमाडीका कुकुरहरुलाई समातेर भ्याक्सिन लगाउन सुरू गरिएकाे समेत उहाँले बताउनुभएकाे छ ।