१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सबै नागरिकले मानव अधिकार पाएको महशुस गर्न सकेनन् : उपराष्ट्रपति पुन


52
Shares

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकारसँग सम्बन्धित कानूनी व्यवस्था पूर्ण रुपमा लागू गर्न ध्यानाकर्षण गराउनुभएको छ ।

१४औं राष्ट्रिय मानव अधिकार महाभेलालाई काठमाडौंमा सम्बोधन गर्दै उपराष्ट्रपति पुनले मानव अधिकारसँग सम्बन्धित कानूनी व्यवस्था पूर्ण रुपमा लागू गराउन सबैको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले मानव अधिकार उल्लंघनका घटनाहरु अझै पनि नरोकिएको बताउनुभयो । सबै जनताले मानव अधिकार पाएको महशुस गर्न नसकेको भन्दै उपराष्ट्रपति पुनले मानव अधिकार आवाजविहीन, शोषित उत्पीडित र राज्यले पछि पारेका जाति र वर्गहरुको लागि आवश्यक रहेको बताउनुभयो । उहाँले मानव अधिकारको पूर्ण पालना भएको ठाउँमा विभेद, उत्पीडन, गरिबी, अन्याय र अत्याचार नहुने बताउनुभयो ।

उपराष्ट्रपति पुनले आगामी दिनमा संघ र प्रदेशमा बन्ने सरकारले मानव अधिकार र सुशासनको क्षेत्रमा राम्रो काम गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले विकास र समृद्धिका लागि पनि दुवै तहको सरकारले काम गर्नुपर्ने बताउनुभयो ।