१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उद्योगीहरु आन्दोलनमा होइन, उत्पादनमा लाग्नुपर्छ : अर्थमन्त्री शर्मा


559
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायीहरु सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लाग्नुपर्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा भएको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीहरुका समस्या समाधानको लागि सरकार गम्भिर रहको भन्दै उद्योगी व्यवसायीहरु सडक आन्दोलनमा नभइ उद्योग व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने बताउनुभएको हो ।

उहाँले सरकारले तरलता तथा बैंक ब्याजदर वृद्धि लगायतले उद्योग व्यवसायीहरुका समस्या समाधानको लागि निजी क्षेत्र, राष्ट्र बैंक, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सहितको कार्यदल दिएको सुझावका आधारमा काम भइरहेको बताउनुभयो । उहाँले मन्त्री परिषद्मा सरकारको निजी क्षेत्रका समस्या समाधान गर्न हस्तक्षप गर्नुपर्ने माग राखेको बताउनुभयो ।

मन्त्री शर्माले उद्योगी व्यवसायीहरुले सडक रोज्नु नहुने भन्दै सरकारले कुनैपनि व्यवसायी सडकमा आउनुपर्ने वातावरण नबनाउने बताउनुभयो । उहाँले सरकार व्यवसायीहरुका समस्या समाधान गर्ने नीति निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुँदाहुँदै व्यवसायीहरुले सडक रोज्न नहुने बताउनुभयो । मन्त्री शर्माले व्यवसाय नै छोडेर सडकमा आन्दोलन गर्ने व्यवसायीहरुको काम नभएको बताउनुभयो ।

उहाँले बैंकको ब्याजदर वृद्धि, चालु पुँजी कर्जा निर्देशिककाको सन्दर्भमा सरकारले गम्भिरतापूर्वक छलफल गरिरहेको बताउनुभयो । उहाँले सरकार निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै बलियो अर्थतन्त्र बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले व्यवसायीहरुले निजी क्षेत्र निराश छन्, अर्थतन्त्र संकटमा छ जस्ता अभिव्यक्ति नदिन आग्रह गर्नुभयो ।

त्यस्तै, मन्त्री शर्माले सरकारले कोटा परिवर्तन गरेर पिपिए खुला गर्ने निर्णय गरिसकेकाले सम्बन्धित निकाले तत्काल पिपिए खुला गर्न आग्रह गर्नुभयो । उहाँले पिपिए खुला नगर्दा धेरै व्यवसायी मर्कामा परेकाले पिपिए तत्काल खुला गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा उत्पादन भएको विद्युत अपुग भएको बताउनुभयो । उहाँले अब विद्युत बेच्ने जमान नभएको भन्दै विद्युतलाई हाइड्रोजन बनाएर तेल आयात गर्ने देशमा इन्धन निर्यात गर्ने देशमा पु¥याउने सरकारको लक्ष्य हुनुपर्ने बताउनुभयो । उहाँले संविधानले जनताले उपभोग गर्ने धेरै अधिकार दिएकाले संविधानले दिएका अधिकार उपभोग गर्ने वातावरण बनाउनु राष्ट्रको क्षमता वृद्धि गर्दै आर्थिक वृद्धि गर्न आवश्यक देखिएको बताउनुभयो ।

मन्त्री शर्माले अटो व्यवसायीहरुले उठाएको ५० प्रतिशत एलसी मार्जिन लगायतका व्यवस्थाको म्याद थप नहुने बताउनुभयो । उहाँले सरकारले अटो व्यवसाय क्षेत्रमा गरिएका नीतिगत व्यवस्थाहरुको विषयमा गम्भिर रुपमा छलफल भएर निर्णय भएको भन्दै राजपत्रमा प्रकाशित भएपछि लागू हुने बताउनुभयो । उहाँले अटो व्यवसायीहरुका माग सम्बोधन गर्ने पक्षमा रहेको बताउनुभयो । उहाँले सरकार अर्थतन्त्रमा समस्या गर्न नदिने गरी अगाडि बढ्न तयार रहेको बताउनुभयो । मन्त्री शर्माले प्रदर्शनी हल बनाउन निजी क्षेत्र तयार भए सरकार सहमति गर्न तयार रहेको बताउनुभयो ।

मन्त्री शर्माले उद्योगी व्यवसायीहरुले माग नभए भनेपछि अनुदान ८ प्रतिशत बनाएको निर्यात गर्न सुरु गरेका सिमेन्ट उद्योगीहरु हराएको भन्दै टिप्पणी गर्नुभयो । उहाँले अनुदान र १ प्रतिशत मात्रै करको व्यवस्था गरे पनि व्यवसायीहरु निदाएको बताउनुभयो ।