
काठमाडौं । रुसले अमेरिकी बास्केटबल खेलाडी ब्रिट्नी ग्राइनरलाई जेल मुक्त गरेको छ ।
अमेरिकाले रुसका हतियार ब्यापारी भिक्टर बाउटलाई छाडेपछि रुसले ग्राइनरलाई मुक्त गरेको हो । रुस र अमेरिकाले युएईको आबुधाबीस्थित विमानस्थलमा ग्राइनर र बाउटलाई आदानप्रदान गरेका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले ओलम्पिका दुई पटक स्वर्ण पदक विजेता ग्राइनर सुरक्षित रहेको र घर फर्कने क्रममा रहेको बताउनु भएको छ ।
उता, रुसी विदेश मन्त्रालयले पनि रुसी ब्यापारी पनि घर फर्कने क्रममा रहेको जनाएकाे छ । ग्राइनर गत फेब्रुअरीमा रुसले युक्रेनमाथि हमला गर्नु केही दिन अघि मस्को विमानस्थलबाट पक्राउ परेकी थिइन ।
उनको झोलामा भाङको तेल फेला परेपछि रुसी सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्