
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–२ सितापुरमा आज शनिबार बिहान कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
सुपादेउराली मन्दिर दर्शन गरेर बुटवल जाँदै गरेको ग ३ च १५७९ नम्बरको कार दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन ।घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूको प्राथमिक उपचार केन्द्र ठाडामा सामान्य उपचार गरी बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो ।
गम्भीर घाइते हुनेमा तनहुँ आवुखैरनी गाउँपालिका–३ का ३१ वर्षीय कार चालक सिशन त्रिपाठी र सोहि ठाउँकी २५ वर्षीया प्रकृति त्रिपाठी रहेको उहाँले बताउनुभयो । यस्तै अन्य तीन जना घाइतेहरु मध्ये ५५ वर्षकी लक्ष्मी त्रिपाठी, ५१ वर्षका अंसु त्रिपाठी र २८ वर्षीय शिशिर त्रिपाठी रहेका छन् ।
कार सडकदेखि ५० मिटर तल खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्