१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एसिया यू-१८ रग्बी : भारतमाथि नेपालको जित


624
Shares

काठमाडौं । एसिया रग्बी यू–१८ च्याम्पियनसिपमा नेपाली पुरुष टोलीले भारतमाथि जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो दिनको आफ्नो अन्तिम खेलमा नेपालले भारतलाई हराएको हो ।

नेपालले भारतलाई १२–१० ले हराएको छ । पहिलो खेलमा थाइल्याण्डसँग १५–७ ले पराजित भएको नेपाली टोली दोश्रो खेलमा मलेसियासँग ३४–० ले पराजित भएको थियो । पहिलो खेलमा मलेसियासँग १४–५ ले पराजित भएको भारतले दोश्रो खेलमा थाइल्याण्डलाई २९–० ले हराएको थियो ।

महिलातर्फ नेपालले हारबाट नै प्रतियोगिताको शुरुवात गरेको छ । महिलातर्फको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३९–० ले पराजित भएको छ । दोश्रो खेलमा युएईसंग ४१–० ले पराजित भएको थियो ।

अन्य खेलमा चाइनिज ताइपेई पुरुष टोलीले बंगलादेशलाई ७०–० ले हराएको छ । युएई पुरुष टोलीले दक्षिण कोरियालाई २४–७ ले हराएको छ । भारत महिला टोलीले मलेसिया माथि ५८–० को जित निकालेको छ । युएई पुरुष टोलीले बंगलादेश माथि ८१–० को जित निकालेको छ ।

दक्षिण कोरिया पुरुष टोलीले चाइनिज ताईपेईलाई १७–१२ ले हराएको छ । मलेसिया पुरुष टोलीले थाइल्यान्डलाई १७–० ले हराएको छ । चाइनिज ताईपेई पुरुष टोलीले युएईलाई ३२–५ ले हराएको छ । आजको अन्तिम खेलमा दक्षिण कोरिया पुरुष टोलीले बंगलादेशलाई ८०–० ले हराएको छ ।

आइतबार थाइल्यान्ड पुरुष टोली र बंगलादेश, नेपाल र चाइनिज ताईपेई पुरुष टोली, मलेसिया र कोरिया पुरुष टोली तथा भारत र युएई पुरुष टोली विच खेल हुनेछ । पुरुषतर्फ नेपाल रहेको पुल ‘ए’ मा थाइल्याण्ड, मलेसिया र भारत छन् ।

यस्तै, पुल ‘बी’ मा दक्षिण कोरिया, बंगलादेश, यूएई र मलेसिया छन् । पुरुषतर्फ दुवै पुलका शीर्ष दुई सेमिफाइनलमा पुग्ने छन् । सेमिफाइनलका विजेताबीच फाइनल हुने छ ।