
ओखलढुंगा । सुन्तला उत्पादनका लागि प्रख्यात मानिएको ओखलढुंगाको रुम्जाटारमा केही वर्ष यता उत्पादन घटेको छ ।
सुन्तलाको बोट मर्ने समस्या समाधान नहुँदा निरन्तर उत्पादन घटेको हो ।
यसवर्ष रुम्जाटारका अधिकांश सुन्तलाका बोटमा फल लागेको छैन । फल लागेको सुन्तलामा पनि कीरा लागेको सुन्तला कृषक बताउँछन् ।
कुनै समय कोसेलीका रुपमा समेत टाढाटाढा पठाइने गरेको सुन्तला पछिल्ला वर्षहरुमा नफलेपछि रुम्जाटारका कृषक चिन्तित छन् ।
सुन्तलाको बोट बुढो भएको र नयाँ बोटलाई मलजल नपुग्दा सुन्तलाका बोट मर्ने र रोग लाग्ने समस्या हुने गरेको कृषि प्राविधिकहरुले बताएका छन् ।
उत्पादन घटेपछि यहाँका कृषकले सुन्तलाको बोट काटेर मास्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्