
काठमाडौं । साताको सुरुकै दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आयो ।
नेप्से ३२ अंक बरारबले झरेर १८ सय ८५ मा आएर थामियो ।
कारोबार अर्ब हाराहारीमै सीमित रह्यो । सबै समूह राताम्मे रहे । निर्जीबन बीमा र उत्पादनमूलक समूहमा सय अंक हाराहारीको गिरावट आउँदा बाँकी पनि अधिकांश समूह दोहोरो अंकले झरे ।
आइतबार नेपाल स्टक एक्सचेन्जमा २ सय ५३ कम्पनीको ३५ लाख बराबर कित्ता शेयर १ अर्ब १० करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ८० कम्पनीको शेयर मूल्य घट्दा जम्मा २५ को बढ्यो ।
नाडेप लघुवित्तका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत गुमाए । घटेको बजारमा पनि सीवाईसी नेपाल लघुवित्त, समिट लघुवित्त र मैलुङ खोला जलविद्युतका शेयर भने सकारात्मक सर्किट लेबलमा कारोबार भए ।
प्रतिक्रिया दिनुहोस्