१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मकवानपुरमा एक महिला मृत फेला


403
Shares

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा शनिबार साँझ एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ ।

उक्त शव इन्द्रसरोवर–३, ज्यामिरे बस्ने अन्दाजी ३५ वर्षीया सरस्वती वाइवाको रहेको इलाका प्रहरी कार्यालय भीमफेदीकी प्रहरी निरीक्षक प्रतिमा कार्कीले बताउनुभयो ।

उहाँका अनुसार मृतक वाइवाको शव शनिबार साँझ टाउको र शरीरमा लगाएको थोरै लुगा देखिने गरी गाडिएको अवस्थामा फेला परेको भनी सूचना आएपछि आइतबार बिहान प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

ती महिलाको हत्या भएको आशङ्का गरिएको छ । हाल घटनास्थलमा तालिम प्राप्त कुकुरसहित इलाका प्रहरी कार्यालय भीमफेदीको टोली, इन्द्रसरोवर प्रहरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले अनुसन्धान गरिरहेको छ ।