७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सिन्धुलीकाे आन्तरिक विमानस्थलकाे निर्माण कार्य ढिलाई


169
Shares

सिन्धुली । सरकारले सिन्धुलीमा आन्तरिक विमानस्थल निर्माण गर्नका लागि पहिलो चरणको सम्भाव्यत्ता अध्ययन पूरा गरिएकाे छ ।

तर अन्य काम भने संचालन हुन सकेको छैन । स्थानीयबासीले माग गरेको करिब एक दशकपछि सिन्धुलीमा विमानस्थल निर्माणका लागि सम्भाव्यत्ता अध्ययन गरिएकाे थियाे । कमलामाई नगरपालिका-१० को कल्याणी मन्दिर नजिकै कमलानदीको बगरमा विमानस्थाल निर्माणका लागि नियामक निकाय नेपाल नागरिक उड्ययन प्रधाधिकरणले सम्भाव्यत्ता अध्ययन गरेकाे थियाे ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले आर्थिक वर्ष २०७७ /०७८ को बजेटमा विमानस्थल निर्माणस्थलको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) का लागि बजेट व्यवस्था गरेकाे थियाे । केही काम गरे पनि विमानस्थालको डिपिआर लगायतका आवश्यक कामहरु भने संचालन गर्न सकिएको छैन । विमानस्थल निर्माणका लागि प्राधिकरणले गरेको विस्तृत अध्ययनमा सिन्धुलीको भीमानमा विमानस्थल निर्माण गर्न सम्भव रहेको ठहर भएको थियो । ३/ ४ वर्ष बितिसक्दा समेत विमानस्थल निर्माणको कामहरु भने कुनै काम अगाडि बढाउन सकिएको छैन ।

निर्माण हुने विमानस्थल सिन्धुलीमाढीबाट १२ किलोमिटर तथा भिमान बजारबाट ६ किलोमिटर दूरीकोबीचमा वीपी राजमार्गसँग जोडिएको छ । महेन्द्र राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासबाट वीपी राजमार्ग हुँदै २५ किलोमिटर दूरीमा सिन्धुली विमानस्थलमा आउन सकिन्छ । मध्यपहाडी लोकमार्ग तथा वीपी राजमार्ग हुँदै ३२ किलोमिटरकाे दूरीमा रामेछापबाट पुगिने छ ।

प्रस्तावित सिन्धुली विमानस्थलबाट सिमरा विमान स्थलसम्म ९५ किलोमिटर, काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ८५ किलोमिटर र लुक्ला विमानस्थल ९९ किलोमिटर दूरीमा पर्दछ । सिन्धुली हुँदै राजधानी काठमाडौं तथा मध्य तराईका साथै पूर्वी र मध्य पहाडी जिल्ला जोड्ने ठूला राजमार्ग निर्माण भएपछि जिल्लामा स्थानीयले विमानस्थल निर्माण गर्नुपर्ने माग गर्दै आएका थिए ।