
सिन्धुली । सिन्धुलीमा सामुदायिक वन समूहहरू आफैंले हुर्काएको वनलाई वृद्धि-विकास गर्नका लागि सक्रिय भएका छन् ।
जसकाे कारणले सामुदायिक वनहरु दैनिक रूपमा विकसित र संरक्षित भएका हुन् । सिन्धुली, महोत्तरी र सर्लाही जिल्लाको सीमा क्षेत्र चुरे भावरमा अवस्थित सिन्धुलीका सामुदायिक वनलाई व्यवस्थित रुपमा विकास गर्न झाडी फडानी गर्न उपभोक्ताहरु सक्रिय भएका छन् । साेही वनकाे सरसफाई कार्यक्रममा उपभोक्ताहरु सक्रिय रुपमा लागेपछि वन सम्पदाहरु समेत फस्टाएका छन् ।
साेही वनमा भएका बाक्ला विरुवाहरुको समेत उपभोक्ताहरुले फडानी गरी व्यवस्थित वन बनाउने कार्य गदै आएका हुन् । वन समूहका उपभोक्ताहरु एक साथ भेला भएर आफ्नो वन क्षेत्रमा फैलिएकोे वनको वृद्धि विकास गर्न चोरी निकासी नियन्त्रण गर्न र आगलागीबाट वन जोगाउने कार्यमा समेत सरिक हुने गरेका छन् ।
सिन्धुलीका सामुदायिक वन समूहहरु आफ्नो वन क्षेत्रको दिगो विकास र संरक्षणका काममा उपभोक्ताहरुलाई सहभागी गराई सक्रिय हुन थालेपछि वनको दिगो विकासमा सघाउ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्