
बाजुरा । स्वामिकार्तिक खापर गाउँपालिकाबाट १ की गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
सुत्केरी हुन नसकेर जटिल अवस्थामा पुगेकी स्वामिकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी पवित्रा कडाराको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।
१८ वर्षिया कडारालाई हेलिकोप्टरबाट सुर्खेत लगिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले बताउनुभयो ।
सुत्केरी ब्यथा लागेपछि नजिककै स्वास्थ्य सस्थामा लगिएको भए पनि उपचार सम्भव नभएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हवाई उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्