
काठमाडौं । कानून निर्माण गर्ने कुरामा सरकार नै बाधक हुने गरेको सांसदहरुले गुनासो गरेका छन् ।
मंगलबार कानूनी शासन केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘कानूनी शासनको प्रवद्र्धनमा संसदको भुमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनीहरुले कानूनी शासनको प्रवद्र्धन गर्ने कानून निर्माण गर्ने विषयमा सरकारबाट नै चुनौति हुने गरेको बताएका हुन् ।
संविधान बनाउने सांसदहरुले नै सरकारमा जाँदा संविधान नमान्ने गरेको पनि उनीहरुको आरोप छ । कार्यक्रममा बोल्दै राष्ट्रियसभाका सांसद प्रकाश पन्तले संसदमा कानून बनाउने विषयमा सांसदहरुलाई सरकारले नै समस्या पार्ने गरेको बताउनुभयो ।
त्यस्तै, राष्ट्रिय सभा सांसद अनिता देवकोटाले संसद छलेर सरकारले अध्यादेश ल्याउँदा मुलुकलाई राम्रो नगर्ने बताउनुभयो । उहाँले संसदमा विभिन्न विधेकहरुमा छलफल गर्नुभन्दा अगाडि नागरिकहरु बीचमा छलफल गर्ने काम नभएको बताउनुभयो । सांसद देवकोटाले विधेयक तयार बनाउने समयमा नै कस्तो विधेयक आवश्यक हो भनेर छलफल गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले कानून निर्माणपछि कानून कति प्रभावकारी भयो रु भनेर मापन गर्ने काम नभएको बताउनुभयो ।
त्यस्तै, अर्का सांसद बद्री पाण्डेले सांसद हुँदा संसदमा देशको हीतमा बनाएका कामको बारेमा जनतालाई जानकारी दिन जरुरी रहेको बताउनुभयो । उहाँले सांसदहरुलाई विधायकको रुपमा कानून बनाउने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्