१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मेलौली अन्तरपालिका भलिबल प्रतियोगिताकाे फाइनलमा प्रवेश


65
Shares

बैतडी । मेलौली नगरपालिका बैतडीको सुन्दरखालीमा जारी अन्तरपालिका भलिबल प्रतियोगिताकाे फाइनलमा प्रवेश गरेको छ ।

आज बुधबार भएको सेमिफाइनल खेलमा पाटन नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै मेलौलीले स्थान सुरक्षित गरेको हो । मेलौलीले अब उपाधिका लागि दशरथचन्द नगरपालिकासँग खेल्ने भएकाे छ । म्यानेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा मंसिर २५ गतेदेखि सुरू भएको प्रतियोगितामा १० टोलीको सहभागी रहेको थियो ।

दोगडाकेदार गाउँपालिका बाहेक अन्य ९ वटा पालिका र एक आयोजकको टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २५ हजारसहित ट्रफी, द्धितिय पुरस्कार ७५ हजारसहित ट्रफी प्रदान गरिने ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिनुभयो ।