
बैतडी । बैतडीमा सम्पन्न अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिका विजयी भएको छ ।
फाइनलमा मेलौलीले दशरथचन्द नगरपालिकालाई ३–१ सेटमा पराजित गरेको हो ।
उपाधिसँगै मेलौलीले १ लाख २५ हजार नगद, ट्रफी र मेडल हात पार्यो भने उपविजेता दशरथचन्द नगरपालिकाले ७५ हजारमा चित्त बुझायो ।
मैनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा मंसिर २५ गतेदेखि सुरु भएको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्