२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अर्घाखाँचीमा वर्षाले धानबाली क्षति भएका कृषकलाई राहत प्रदान


143
Shares

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले बेमौसमी वर्षाका कारण धानबालीमा क्षति व्यहोरेका कृषकहरुलाई राहत स्वरुप नगद प्रदान गरेको छ ।

जस अन्तर्ग नगरपालिकाको वडा नम्बर ५ भित्रका ३० जना कृषकहरूलाई राहत स्वरुप नगद प्रदान गरिएको वडा अध्यक्ष ऋषव अधिकारीले बताउनुभएकाे हाे । वडाको मथुरावेशी क्षेत्रमा ५८.५ रोपनी क्षेत्रफलमा बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएको थियो ।

सोही बमोजिम प्रति रोपनी १५ सयका दरले नगद प्रदान गरिएको सन्धिखर्क नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिनुभयो । प्रति किसानले १५ सय देखि ६ हजारसम्म राहत स्वरुप नगद प्राप्त गरेका हुन् ।

बेमौसमी वर्षाले धानबालीमा क्षति पुगेपछि चिन्तित बनेका कृषक वडा कार्यालय मार्फत धानबाली क्षति बापतको रकम बुझेपछि हर्षित भएका थिए ।